'चीनमा सि चिनफिङ वाद, माओपछिका शक्तिशाली नेता' | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

काठमाडौं, ७ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टीमाथि राष्ट्रपति सीकोे पकडलाई संविधानमै संस्थागत हुनेगरी चिनियाँ कम्युनिष्ट पार्टीको जारी सम्मेलनले राष्टपति सी चिनफिङको विचारलाई विधानमै ‘सी चिनफिङ वाद’ का रूपमा ग्रहण गर्ने निर्णय गरेको छ।

अब राष्ट्रपति सी माओत्सेतुङपछि चीनकै सबैभन्दा शक्तिशाली नेता बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले टिप्पणी गरेका छन्। ‘सि चिनफिङ वाद’ भनेर पार्टी विधानमै लेखिएपछि अब चीनमा कसैले पनि उनको विरोध गर्ने वा उनलाई चुनौती दिन नसक्ने बीबीसीकी चीन सम्पादक केरी ग्रेसीले टिप्पणी गरेकी छिन्। प्रत्येक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन भोलि सम्पन्न हुँदैछ।

ताजा समाचार