हङ्कङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

हङ्कङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर

trump

एजेन्सी, १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्कङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन र हङ्कङका जनताप्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको बताए ।

चीन र हङ्कङका नेता तथा प्रतिनिधिहरू आफ्ना मतभेदहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर ती विधेयकहरू लागु गर्न लागिएको राष्ट्रपति ट्रम्पको भनाई थियो । चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइसकेका छन् ।

यो हस्ताक्षरले चीन अमेरिकासँग चिडिन सक्ने संकेत देखिएको परराष्ट्र मामिलाका जानकारहरु बताएका छन् । हङ्कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ । ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन र हङ्कङका जनताप्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);