इराकमा सरकार विरोधी प्रदर्शनमा १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इराकमा सरकार विरोधी प्रदर्शनमा १३ जनाको मृत्यु

iraq protest latest

एजेन्सी,  १२ मंसिर । इराकमा जारी सरकार विरोधी प्रदर्शनको क्रममा बिहिबार १३ जनाको मृत्यु भएको छ । इराकको दक्षिणी शहर नासिरियामा सरकार विरोधी प्रदर्शनमा सुरक्षाकर्मि र प्रर्दशनकारी बीच भएको झडपमा १३ जनाको मृत्यु भएकोको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रदर्शनकारीले नासीरियाको दुइवटा पुलमा अबरोध गरेपछि सुरक्षकर्मिले अश्रु ग्याँस प्रयोग गरेर उनिहरुलाइ हटाउन खोज्दा भएको झडपमा ७० जनाभन्दाबढी घाइते भएका जनाइएको छ । इराकमा २ महिनादेखि जारी सरकार विरोधी प्रदर्शनमा ३ सय भन्दाबढीको ज्यान गइसकेको छ ।

रोजगारीको सृजना र भ्रष्टाचार न्युनिकरणको माग राख्दै प्रदर्शन भइरहेको हो । प्रदर्शन दवाउन इराकी सेनाले विशेष इकाइ क्राइसिस सेल्स बनाउने सार्वजनिक भएपछि प्रदर्शन भड्केको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);