सुरक्षाकर्मीको गोली लागेर ३ जनाको मृत्यु, ३० घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सुरक्षाकर्मीको गोली लागेर ३ जनाको मृत्यु, ३० घाईते

एजेन्सी, १९ कात्तिक । इराकमा सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर ३ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले इराकको कारबाला स्थित इरानी कन्सुलेटको कार्यलयमा आक्रमण गरेपछि सुरक्षाकर्मिले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रहरीको गोली लागेर ३० जना भन्दा बढी घाइते भएको प्रदर्शनकारीहरुको दावी छ । यसैगरी इराकको प्रधानन्त्री कार्यालय नजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको जनाइएको छ ।

पछिल्ला दिनहरुमा सरकार विरोधी प्रदर्शनहरु बढ्दै गएपनि इराक सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेको सर्वसाधारणको गुनासो छ । इराकमा बेरोजगारीको समस्या अन्त्य गर्न नसकेको भन्दै प्रधानमन्त्री अदेल अब्दुल माहदीको राजीनामा माग गर्दै करिब ५ साताअघि सुरु भएको विरोध प्रदर्शनका क्रममा २ सय ५० बढीको ज्यान गइसकेको छ भने ९ हजार जति घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);