ट्रम्प रणनीतिले राष्ट्रसंघ चरम आर्थिक संकटमा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

ट्रम्प रणनीतिले राष्ट्रसंघ चरम आर्थिक संकटमा

trump

काठमाडौं, १३ मंसिर । संयुक्त राष्ट्रसंघमा आर्थिक संकट चुलिएको छ। मुख्य दाता अमेरिकाले सहयोग नगरेपछि राष्ट्रसंघ आर्थिक संकटमा परेको हो। अन्य कतिपय मुलुकले पनि सहयोग कटौती गरेका छन्। तर, यति बेला विश्वको ध्यान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाअभियोगतर्फ सोझिएको छ।

सदस्य राष्ट्रहरूलाई दबाबमा राख्न अमेरिकाले जानाजान आर्थिक सहयोग रोक्का गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूका अनुसार त्यसको मुख्य कारण ट्रम्पको राष्ट्रसंघप्रतिको नकारात्मक दृष्टिकोण हो।

राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मीतव्ययी बन्न पुनः पत्राचार गरेको छ। पछिल्लो पत्रमा पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघले सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको बताएका छन्।

७४ औं महासभा सुरु हुनुअघि राष्ट्रसंघले मातहतका निकायलाई मितव्ययी बन्न पत्राचार गरेको थियो। एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था राष्ट्रसंघ झन्डै चार महिनादेखि आर्थिक संकटमा छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।