अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसंघका लागि अफगानिस्तानकी दूत दिवोराह लायोन्सले अफगान जनताललाई वित्तिय र मानवीय सहयोग गर्न दातृ निकायलाई आह्वान गरेकी हुन् ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानको चार करोड जनसंख्यामध्ये ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा परेको छ । हिउँद लागेसँगै त्यहाँको अवस्था डरलाग्दो देखिएको छ । खाद्यन्न अभावकै कारण विकृति देखिएका छन् । मानिसहरुले आफ्ना सन्तान बेच्न थालेका छन् । केही अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छोडेका छन् भने बाल विवाहका घटना बढेका छन् ।

‘यतिबेला अफगानिस्ताका मानिसहरुको समस्याबाट भाग्ने समय होइन्,’ लायोन्सले भनिन् । संकटको समयमा अफगानिलाई बिर्सनु गंम्भीर भूल हुने र त्यसले नराम्रो परिणाम ल्याउने पनि उनले चेतावनी दिइन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);