तालिबानसँग वार्ताका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख ग्रिफिथ अफगानिस्तानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तालिबानसँग वार्ताका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख ग्रिफिथ अफगानिस्तानमा

एजेन्सी । संयुक्त राष्ट्रसंघले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएको छ ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथलाई वार्ताका लागि काबुल पठाएका हुन् । उनले काबुलमा रहँदा तालिबानका नेताहरुसँग छलफल र परामर्श गर्ने बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको विशेष अनुरोधमा ग्रिफिथ काबुल पुगेको र तालिबानका केही नेतासँग भेटवार्ता समेत गरिसकेको बताइएको महासचिव गुटर्रेसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्रिफिथले काबुलमा रहँदा यहाँको आवश्यक सहयाताका विषयमा तालिबान नेताहरुसग छलफल गरेको बुझिएको छ । देशमा मानवीय सहायताको वितरण जस्तो संवेदनशील कार्यमा महिलाहरुको ठूलो भूमिका रहने भन्दै यसका लागि तालिबान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उनले तालिबान नेताहरुलाई आग्रह गरेके बताइएको छ ।

त्यसअवसरमा तालिबानका नेताहरुले मानवीय सहायता वितरणका साथै अरु पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आवश्वासन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);