अलकायदाका नेता मारिएको बारेमा तालिबान ‘बेखबर’ | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

अलकायदाका नेता मारिएको बारेमा तालिबान ‘बेखबर’

काबुल। तालिबानले काबुलमा अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकी ‘दावी’ को छानबिन गरिरहेको जनाएको छ। जवाहिरी मारिएको भन्ने स्थानमा उनी भए÷नभएको बारेमा समूहलाई केही थाहा नभएको तालिबान अधिकारीले बताएका छन् ।

‘दाबीबारे सरकार र नेतृत्वलाई केही थाहा छैन् । नत कुनै संकेत नै छ’, दोहामा रहेको संयुक्त राष्ट्र संघका लागि तालिबान प्रतिनिधि सुहेल शाहिनले भने ।
अमेरिकाले ड्रोन हमलामा जवाहिरी मारिएको जनाएको थियो । आइबार काबुलस्थित एउटा घरको बाल्कोनीमा लुकिरहेको अवस्थामा उनी ड्रोन हमलामा मारिएका थिए । उनको मृत्यु अलकायदाका लागि ठूलो झट्का बताइएको छ। उनको हत्याबारे अनुसन्धान भइरहेको उनले बताए । ‘दावीको सत्यता पत्ता लगाउन अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । अनुसन्धानको नतिजा सार्वजनिक गरिने शाहिनले बताए ।

Leave a Reply