काबुल विमानस्थल नजिकै सातजना अफगानी नागरिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काबुल विमानस्थल नजिकै सातजना अफगानी नागरिकको मृत्यु

एजेन्सी । काबुल विमानस्थल नजिकै भिडभाड अनियन्त्रित हुँदा त्यहाँ उपस्थित सातजना अफगानी नागरिकको ज्यान गएको छ । आईतबार तालिबानका उच्च नेताहरु सरकार गठनको विषयमा छलफल गर्न काबुलमा भेला भएका छन् ।

यही क्रममा त्यहाँ आवतजावतमा कडाइ गर्दा काबुल विमानस्थल नजिकै भिडभाड बढेर सात जनाको ज्यान गएको बताइएको छ। अफगानिस्तानमा तालिबानले सरिया कानुनलाई लागू गर्ने विषयलाई लिएर त्यहाँका नागरिक डराएर देश छोड्न लागि परेका छन् ।

अफगानिस्तानमा तालिबानको कब्जा भएसँगै दैनिक हजारौँको संख्यामा अफगानीहरुले विभिन्न देशमा शरण लिइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);