काबुल विमानस्थलमा भएको विस्फोटमा ९० जनाको मृत्यु (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काबुल विमानस्थलमा भएको विस्फोटमा ९० जनाको मृत्यु (अपडेट)

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा ९० जनाको ज्यान गएको छ ।

बिहीबार साँझ भएका दुई विस्फोटमा १ सय ६० जना भन्दाबढी घाइते भएको अन्तर्राट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मृत्यु हुनेहरु मध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन् ।

बिबिसीले उल्लेख गरेअनुसार विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको छ ।

अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन् ।

इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन् ।

अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्नका लागि तीव्र रूपमा काम गरिरहेको छ । तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ।

घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आइएसआईएसको खुरासनले हमला गरेको दाबी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);