‘काबुल विमानस्थलमा अतिवादी हमलाको जोखिम उच्च’ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

‘काबुल विमानस्थलमा अतिवादी हमलाको जोखिम उच्च’

एजेन्सी । केही पश्चिमेली मुलुकले काबुल विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम रहेको भन्दै आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । आफ्ना नगारिकलाई काबुल विमानस्थल नजानसमेत ती देशले अनुरोध गरेका छन् ।

अमेरिका, अस्ट्रेलिया, बेलायत, न्युजिल्याण्डले काबुल विमानस्थलमा जुनसुकै बेला हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई त्यहाँ नजान आग्रह गरेका हुन् । विदेशी सेनासँगै फर्किन चाहने अफगानीका कारण पछिल्ला दिनमा काबुल विमानस्थल अस्तव्यस्त बनेको छ ।

बिहीबार अस्ट्रेलियाका विदेशमन्त्री म्यारिस पेनीले विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम भएको बताए । अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई काबुल विमानस्थल छोड्न निर्देशन दिएको केही घन्टापछि पेनीको भनाई आएको हो ।

त्यस्तै, बेलायतले पनि आफ्ना नागरिकलाई यस्तै सुझाब दिएको छ । विमानस्थलबाट सुरक्षित क्षेत्रतर्फ जान र सरकारको सुझाव मनन गर्न बेलायतको विदेश मन्त्रालयले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई अनुरोध गरेको छ । विमानस्थलको सुरक्षा अवस्था निकै जोखिमपूर्ण रहेको मन्त्रालयले भनेको छ । तर, सुरक्षा जोखिमबारे यी तीनैवटा देशले थप विवरण उल्लेख गरेका छैनन् ।

तालिबानले सर्वसाधारण अफगानीलाई देश नछोड्न चेतावनी दिँदै आएका छन् । अहिलेसम्म ८२ हजारभन्दा बढीले काबुल विमानस्थल छाडिसकेका छन् । तालिबान र अमेरिकाबीच यसअघि भएको सहमतिअनुसार आगामी ३१ अगस्टभित्र अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छोड्नुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);