अफगानिस्तानमा अमेरिकी सेनाको बसाई लम्बिने राष्ट्रपति जो बाइडेनको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अफगानिस्तानमा अमेरिकी सेनाको बसाई लम्बिने राष्ट्रपति जो बाइडेनको स्पष्टोक्ति

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना अफगानिस्तानमा फिर्ता हुने समयसीमा भन्दा बढी रहनसक्ने स्पष्ट गरेका छन् ।

अगस्ट महिनाको अन्तसम्ममा अफगानिस्तानबाट सम्पूर्ण सेना फिर्ता हुने योजना भएपनि करीब १५ हजार अमेरिकी नागरिकहरु अलपत्र पर्ने अवस्था आएपछि सेनाको बसाई लम्बिने बाइडेनले स्पष्ट गरेका हुन् ।

राष्ट्रपति बाइडेनले काबुल विमानस्थलमा ४५ सय अमेरिकी सैनिक तैनाथ रहे पनि तालिवान लडाकुहरुले विमानस्थल प्रवेशका मूख्य विन्दुहरु घेरा हालेकाले उद्धार गर्न अप्ठेरो भईरहेको उल्लेख गरे ।

पश्चिमा देशहरुले अफगानिस्तानमा रहेका आफ्ना नागरिक र उनीहरुका लागि कार्यरत विदेशीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने प्रयास गर्दै आईरहेका छन् ।

राष्ट्रपति बाइडेनले अगष्ट ३१ सम्म पनि सवै अमेरिकी नागरिकलाई उद्धार गर्न नसकिएको अवस्थामा सेनाको बसाई लम्बिने बताए । १० देखि १५ हजार अमेरिकी र उनीहरुका लागि विभिन्न सहयोग पुर्याएका ५० देखि ६५ हजार अफगानीलाई बाहिर निकाल्नु पर्ने कर्तब्य रहेको बाइडेनको भनाइ छ ।

काबुलबाट करीब ५ हजार जनालाई बाहिर निकालिसकेको र दैनिक ९ हजारलाई उद्धार गर्नुपर्ने अवस्था रहेको पेन्टागनले बताएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);