अफगानिस्तानमा अमेरिकी सेनालाई ३१ मे पछि केहि दिन राख्न गरिएको अनुरोध राष्ट्रपति बाईडेनद्धारा अस्विकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफगानिस्तानमा अमेरिकी सेनालाई ३१ मे पछि केहि दिन राख्न गरिएको अनुरोध राष्ट्रपति बाईडेनद्धारा अस्विकार

एजेन्सी । अफगानिस्तानमा रहेका अमेरिकी सेनालाई ३१ मे पछि केहि दिन राख्न गरिएको अनुरोधलाई अमेरिकी राष्ट्रपति जो बाईडेनले अस्विकार गरेका छन् । उद्धार कार्य थप लम्ब्याउनुपर्ने साझेदार मुलुकहरूले माग गरेका छन् ।

जी–७ मुलुकका नेताहरूले उद्धारको समयसीमा लम्ब्याउन आह्वान गरेका थिए । तर, राष्ट्रपति बाइडेनले उडानहरूको संख्यामा वृद्धि भएको भन्दै समयसीमाभित्रै उद्धार कार्य सम्पन्न हुने आफ्नो विश्वास दोहो¥याएको बीबीसीले जनाएको छ ।

अगस्ट १५ मा तालिबानको कब्जामा परेको काबुलबाट हाल सम्म ७० हजार मानिसको उद्धार भैसकेको अन्तराष्ट्रिय माध्यमले जनाएका छन् ।

अमेरिकी फौज र नागरिकहरुको जोखिमलाई मध्य नजर गर्दै बाइडेनले यही अगस्ट ३१ तारिखमै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयमा अडिग रहेको घोषणा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);