अफगानिस्तानमा तालिबानद्वारा पेशा, व्यवसायमा आवद्ध महिलाहरुलाई तत्काल काममा घर बाहिर ननिस्कन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

अफगानिस्तानमा तालिबानद्वारा पेशा, व्यवसायमा आवद्ध महिलाहरुलाई तत्काल काममा घर बाहिर ननिस्कन निर्देशन

एजेन्सी । तालिवानले अफगानिस्तानमा विभिन्न पेशा र व्यवसायमा आवद्ध महिलाहरुलाई तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।

तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानको पछिल्लो स्थितीको बिश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालीवाानको तर्फबाट यस्तो निर्देशन आएको हो । सन् १९९६ देखि २००१ सम्म तालिबान सत्तामा रहँदा उनीहरुले शरिया कानूनको निकै कडा कार्यान्वयन गरेका थिए ।

तालिबान समूहले अगस्ट १५ मा फेरि अफगानिस्तान नियन्त्रणमा लिएको छ । योसँगै पछिल्लो २० वर्षमा महिला अधिकारका क्षेत्रमा प्राप्त उपलब्धीहरु गुम्ने जोखिम रहेको छ । साथै प्रवक्ता मुजाहिदले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);