सर्वसाधारणको घरमा विना अनुमति प्रवेश नगर्न तालिबान प्रवक्ता शाहीनको लडाकुहरुलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वसाधारणको घरमा विना अनुमति प्रवेश नगर्न तालिबान प्रवक्ता शाहीनको लडाकुहरुलाई निर्देशन

एजेन्सी । हालै अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारणको घरमा बिना अनुमति प्रवेश नगर्न निर्देशन दिएका छन् ।

प्रवक्ता शाहीनले सोमबार सर्वसाधारणको घरमा बिना अनुमति प्रवेश नगर्न र उनीहरुको सामाग्री नछुन समेत लडाकुहरुलाई निर्देशन दिएका हुन् ।

उनले लडाकुहरुलाई सर्वसाधारणको जीवन, सम्पत्ति र सम्मानमा आँच आउने कुनै काम नगर्न निर्देशन दिएका छन् । सर्वसाधारणको सुरक्षा गर्न समेत लडाकुहरुलाई निर्देशन दिइएको छ ।

आइतबार काबुल प्रवेश गर्दै तालिबानले सत्ता कब्जा गरेको थियो । अन्य शहरहरु कब्जा गर्दे कडा रुपमा प्रस्तुत भएको तालिबान काबुल पुगेपछि नरम देखिएको थियो । तालिबानले सत्ता कब्जा पछि युद्ध अन्त्य भएको घोषणा गरिसकेको छ ।

उनीहरुले नागरिकहरुको जीवनमा केही दखल नगर्ने बताए पनि महिलाहरुका लागि बुर्खा अनिवार्य गर्ने जस्ता नियमहरु लागु गरेको र कतिलाई कुटपीट गरेको भन्ने समाचारहरु पनि बाहिर आएका थिए ।

तालिबानले अफगानिस्तान छोड्न चाहनेहरुलाई रोक नलगाउने बताएपनि एयरपोर्टमा अफगानिस्तान छोड्नेहरुकोे घुइँचो लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);