निषेधाज्ञामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई मेयर शाक्यको अपील | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निषेधाज्ञामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई मेयर शाक्यको अपील

काठमाडौं, ४ भदौ । उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपील गर्नुभएको छ । सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शक्यले अपील गर्नुभएको हो ।

मेयर शाक्यले अत्यावस्यक कामका लागि घर बाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निष्कन समेत आग्रह गर्नुभयो । त्यस्तै कोभिड १९ को संक्रमण जीवित रहेको अवस्थामा कोहीपनि व्यक्ति काठमाडौंबाट बाहिर नगइदिन र कोहीपनि व्यक्ति काठमाडौं नआइदिन समेत अनुरोध गर्नुभएको छ । यदि कोही व्यक्ति आइसेको छ भने नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिन समेत अनुरोध गर्नुभयो ।

यसबाहेक आफ्नो छिमेकमा कोही पनि व्यक्ति काठमाडौं बाहिरबाट आएको थाहा पाएमा तत्काल वडा कार्यालय तथा प्रहरी कार्यालयमा सूचना गरिदिन समेत मेयर शाक्यले अपील गर्नुभएको छ । यस्तै कोही पनि व्यक्तिलाई कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।

स्वास्थ्य कार्यालयमा जान असमर्थ भएमा वडा कार्यालय अथवा नजिकको प्रहरी कर्यालयमा जानकारी गराउन अथवा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाको फोन नम्बर १०२ मा सम्पर्क गरेर अस्पताल सम्म जानसक्ने बताउनुभयो ।

पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेपछि पनि बजारमा घुम्ने प्रवृति भएको र कतिपयले गलत सूचना दिएकाले कन्ट्याक ट्रेसिङमा समस्या हुने गरेको उहाँले बताउनुभयो । कोही पनि व्यक्ति कोरोनाको कारणले मर्दैन र मर्ने स्थिति सरकारले नबनाउने प्रतिवद्धता समेत मेयर शाक्यले व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);