नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउने मेयर शाक्यको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउने मेयर शाक्यको भनाई

काठमाडौं, ७ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउने बताउनुभएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. ९ को नयाँ भवन उद्घाटन कार्यक्रममा मेयर शाक्यले महानगरका ३२ वटै वडा कार्यालयलाई सुविधासम्पन्न बनाउने बताउनु भएको हो ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएको र पहिलो गुनासो सुन्ने निकाय समेत वडा कार्यालय भएकाले महत्वका साथ पूर्वाधार निर्माण भइराखेको उहाँको भनाइ छ ।

कुनै समस्या भए आफ्नो वडा कार्यालयमा निर्धक्क राख्न समेत मेयर शाक्यले नगरबासिलाई आग्रह गर्नुभयो । उहाँले महानगरभित्र पूर्वाधार निर्माणका धेरै काम गर्न बाँकी रहेको र ती कामहरुमा नगरबासिको सहयोगको अपेक्षा समेत गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);