आज नवरात्रको आठौं दिनः महागौरी देवीको पूजा–आराधना गरिदैं | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

आज नवरात्रको आठौं दिनः महागौरी देवीको पूजा–आराधना गरिदैं

काठमाडौं, ८ कार्तिक । नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा–आराधना गरिँदैछ ।

महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् । शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्। अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।

देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ । यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ । आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ ।

तान्त्रिक विधानअनुसार शस्त्रअस्त्रको पूजा गर्ने चलन पनि छ । नवरात्रका दिन नसक्नेले यो दिन दुर्गा सप्तशती पूरै पाठ गर्छन् ।

आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिर र काठमाडौं उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गर्न घुइँचो लाग्ने चलन थियो जुन यसवर्ष कोरोना संक्रमण कारण औपचारीकतामा मात्र सिमित गराइएको छ ।

Leave a Reply

ताजा समाचार

test123123

८ घन्टा अघि

test123123

८ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१३ घन्टा अघि