नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदै | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदै

katyani mata

काठमाडौं, २९ असोज । नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा आराधना गरिँदैछ ।

कात्यायनी भगवतीको पूजा गर्दा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि उपत्यका लगायतका देशैभरका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत शक्तिपीठमा पूजा आराधना भइरहेको छ ।

बडादसैंको समयमा ९ दिनसम्म शक्तिपीठ तथा दसैंघरमा पूजा अर्चनासहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी नबरात्रमा नवदुर्गाको पूजा गर्ने प्रचलन चलिआएको छ ।