छानविन समितिको ठहर : संस्कृत विश्वविद्यालयको टोली ‘स्वीकृतिबिनै क्यानडा’ | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

छानविन समितिको ठहर : संस्कृत विश्वविद्यालयको टोली ‘स्वीकृतिबिनै क्यानडा’

kul prasad koirala

काठमाडौँ, २९ असोज । सरकारद्वारा गठित छानविन समितिले नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी बिना स्वीकृति क्यानाडामा विश्व संस्कृत सम्मेलनमा सहभागी भएको ठहर गरेको छ ।

प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट जबरजस्ती फर्काएपछि भ्रमण विवादीत बनेको थियो । विश्वविद्यालयकै पदाधिकारीले कोइरालामाथि आरोप लगाउँदै छानविन माग गरेका थिए । लगत्तै, प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।
उपकुलपतिलाई फर्काएको विषयमा भने प्रतिवदेन मौन रहेको छ । भ्रमणमा गएकाहरुले आर्थिक विनास्वीकृति १० लाख रुपैयाँ पेस्की लिएर आर्थिक दुरुपयोग गरेको पनि उल्लेख गरेको छ ।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बरालको संयोजकत्वमा गठित समितिले प्रधानमन्त्री ओलाीलाई प्रतिवदेन बुझाएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);