दशैँमा सिसडोल ल्याण्डफिल बन्द : घरबाट फोहोर ननिकाल्न महानगरपालिकाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दशैँमा सिसडोल ल्याण्डफिल बन्द : घरबाट फोहोर ननिकाल्न महानगरपालिकाको आग्रह

fohor

काठमाडौँ, २९ असोज । दशैँको पाँच दिन सिसडोल ल्याण्डफिल साइट बन्द हुने भएको छ ।

स्थानीय जनताको आग्रह र काठमाडौँ नगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको छ । कमपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे ।

कुँवरले स्थानीयलाई दशैँमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको बताए । स्थानीयले दशैँमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए । कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमा नै व्यवस्थापन गर्न अपिल गरेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);