अबको एक महिना भित्र बञ्चरे डाँडाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

अबको एक महिना भित्र बञ्चरे डाँडाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन

काठमाडौं, १५ कार्तिक । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र बञ्चरे डाँडाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले अब कुनैपनि बहानामा तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिनुभएको हो । हाल फोहोर बिर्सजन भैरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उहा बञ्चरे ल्याण्डफिल साइट पुग्नुभएको थियो ।

पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिदै उहाले निर्माण कम्पनीलाई मंसिर १५ भित्र फोहोर बिर्सर्जन गर्न मिल्नेगरी काम सक्न निर्देशन दिनुभएको हो ।

काठमाडौ र ललितपुर महानगर सहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पोखरीको निर्माण भैरहेको छ । मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन आवश्यक रहेकोे उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको बिकल्प नभएको बताउनुभयो ।

सरकारको महत्वपुर्ण आयोजनाको रुपमा रहेको सो ल्याण्डफिल साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्ने बताइएको छ । । अब फोहोर बिसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);