सिल गरिएकाे कब्रिस्तानमै अन्तिम संस्कार गर्न अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिल गरिएकाे कब्रिस्तानमै अन्तिम संस्कार गर्न अनुमति

धनगढी, १५ कार्तिक । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिवार भएको छलफलपछि कैलालीका मुस्लिम समुदायलाई कब्रिस्तानमा नै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको छ ।

प्रशासनमा भएको छलफलमा सहमति भएपछि दुई दिनदेखि घरमै रहेको शवको व्यवस्थापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिहरुले मुस्लिम समुदायलाई शव व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने र अहिलेको स्थानमा शव व्यवस्थापन गर्न नदिने बताएपछि आफुहरुले दुईदिन देखि घरमै रहेको शवको व्यवस्थापन गर्न अनुमति दिएको आन्दोलन संघर्ष समितिका संयोजक धन बहादुर कोलीले बताउनुभयो ।

यसअघि बिहीबार कोरोना सङ्क्रमित एक महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेको थियो । त्यसपछि कोरोना संक्रमतिको शव मानव बस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए ।

कोरोना संक्रमित महिलाको शव लाइ बस्ती बिचको कब्रिस्तानमा गाडेपछि स्थानियहरुले कब्रिस्तान बन्दको माग गर्दै गेट बाहिर तालाबन्दी गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);