आज वडा दशैंको छैठौं दिन, माता कात्यायनीको पूजा गरिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं, १० असोज । आज वडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन घर–घरमा कात्यायनी माताको पूजा आराधना गरी मनाईदै छ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ। उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);