रामेछापको लिखुमा जीप दुर्घटना, ११ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रामेछाप, १० असोज । रामेछापमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। रामेछापको लिखुबाट मन्थलीका लागि छुटेको ना १ ज ६०३९ नम्बरको जीप लिखु गाउँपालिकाको हलेदेबेसीमा सडकबाट तल खस्दा दुई बालबालिकासहित ११ जना घाइते भएका छन्।

घाइतेहरुको रामेछाप सहकारी अस्पताल र तामाकोशी अस्पतालमा उपचार भैरहेको छ। तीब्र गतिमा आएको मोटरसाइकल जोगाउन खोज्दा जीप सडकबाट खसेको रामेछाप प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);