नवरात्रको पाँचौँ दिन स्कन्दमाता र कात्यायनी भगवतीको पूजा आराधना मनाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवरात्रको पाँचौँ दिन स्कन्दमाता र कात्यायनी भगवतीको पूजा आराधना मनाइदै

काठमाडौं । आज नवरात्रको पाँचौँ दिन स्कन्दमाता र कात्यायनी भगवतीको पूजाआराधना मनाइदै छ ।

यस पटक पञ्चमी र षष्ठी तिथि एकै दिन परेकाले आज स्कन्दमाता र कात्यायनी भगवतिको पुजा आराधना गरिदै छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ ।

यिनका चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्ममासनसहित सिंहमा सवार रहन्छिन् ।

सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ । आजको दिन हिन्दू धर्मावलम्बीहरु नजिकैका देवी शक्तिपीठहरुमा गई श्रद्धाभक्तिपूर्वक स्कन्दमाता भवानीको पूजाअर्चना गर्ने गर्दछन् ।

घटस्थापनाका दिनदेखी दशमीका दिनसम्म सनातन हिन्दू धर्माबलम्बीहरुले आ–आफ्नो कुल परम्पराअनुसार घरको पूजाकोठा, दसैं घरमा भक्तिपूर्वक पूजाआजा तथा दुर्गा सप्तशती चण्डी पाठ गर्ने गर्दछन् र आजै षष्ठी पनि परेकाले घर–घरमा कात्यायनी माताको पूजा पनि गरिँदैछ । कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);