काठमाडौं महानगर वडा नं. १२ को कार्यालय भवन शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं महानगर वडा नं. १२ को कार्यालय भवन शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय भवन शिलान्यास गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १२ को वडा कार्यालय भवनको शिलान्यास बुधवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका हुन् ।

टेकुमा बस्न लागेको वडा कार्यालय भवनको लागत अनुमान ४ करोड २५ लाख ३२ हजार ४४८ रुपैयाँ रहेको बताइएको छ । भवन २०७९ असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भवनको शिलान्यास गर्दै मेयर शाक्यले काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा सुविधा सम्पन्न आधुनिक भवन बनाउन आफुहरु तयार रहेको बताए । बाहिरी स्वरुपमा मौलिकता कायम गर्ने र भित्र सबै आधुनिकता झल्किने गरी भवन निर्माण गरिने उनले बताए ।

६ तल्ले भवनमा कार्यालयका लागि आवश्यक कार्यकक्ष, ५० जना क्षमताको कार्यक्रम हल, भूमिगत तल्लामा पार्किङको व्यवस्था, ६ जना क्षमताको लिफ्टको व्यवस्थासमेत हुने वडा कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);