तीनवटा वडा भवन एकसाथ बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

तीनवटा वडा भवन एकसाथ बन्दै

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले दशैँको साइत परेर तीनवटा वडाको कार्यालय भवन एकैसाथ बनाउने भएको छ । सिरिजङ्घा गाउँपालिका- १ सिनाम, वडा- ४ तेल्लोक र वडा – ८ याम्फुदिनका वडा कार्यालय भवन एकैसाथ बनाउने भएको हो ।

छुट्टाछुट्टै तीनवटा वडाको कार्यालय भवन एकैसाथ बन्ने भएसँगै वडा- ४ तेल्लोकमा दशैँको घटस्थापनाको साइत पारेर गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बिहीबार वडा भवनको शिलान्यास गरेका छन् । पालिका अध्यक्ष गुरुङबाट कार्यालय भवनको शिलान्याससँगै निर्माणको प्रक्रिया अघि बढेको वडा अध्यक्ष रूपदास भट्टराईले बताए ।

उक्त वडा कार्यालय भवनहरू आगामी चैतभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी धुलिखेल/आले जेभीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार वडा भवनहरू निर्माणका लागि भ्याटबाहेक एक करोड ७४ लाख १४ हजार रुपैयाँ बजेटमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ । बाँकी वडाका कार्यालय भवनहरू क्रमशः निर्माण गर्दै जाने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);