जनता आधारभुत विद्यालय भवनको शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जनता आधारभुत विद्यालय भवनको शिलान्यास

सर्लाही । रामनगर गाउँपालिकाको –६ नम्बर वडामा रहेको श्री जनता आधारभुत विद्यालय भवनको शिलान्यास गरिएको छ ।

बुधबार सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवले विद्यालय भवनका शिलान्यास गर्नुभएको हो ।

रामनगर गाउँपालिका वडा नम्बर ६ मलघट्टामा रहेको विद्यालयमा पक्की भवन बनाउन लागिएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाखको लागतमा शिलान्यास भएको सो भवन २ महिना भित्रमा बन्ने गाउँपालिका अध्यक्ष यादवको दाबी छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव सहित वडा न.–६ का वडा अध्यक्ष गुदर साह, गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत कृष्ण यादव, माओवादी नेता प्रदिप यादव लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);