निर्वाचन भएको तीन महिना बितिसक्दा पनि वडा कार्यालय बनेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डडेल्धरा, २६ असोज । स्थानीय तह निर्वाचन भएको तीन महिना बितिसक्दा पनि वडा कार्यालय स्थापना हुन नसक्दा डडेल्धुराको अमरगढी नगरपालिकाका सेवाग्राहीलाई सास्ती भएको छ ।

११ वटा वडा रहेको अमरगढीमा हालसम्म १ नम्बरबाहेक कुनै पनि वडाको कार्यालय स्थापना भएको छैन ।

वडा कार्यालय नहुँदा निकै अप्ठयारो भएको गुनासो स्थानीयले गरेका छन् । भवन अभावमा चौतारामा बसेर काम गर्नुपरेको वडाअध्यक्षहरु बताउँछन् । अमरगढी नगरपालिकाले भने वडा कार्यालय स्थापनाको निर्णय भइसकेको जनाएको छ ।

यस्तै, १२ वटा वडा भएको परशुराम नगरपालिकाका पनि चारवटा वडा कार्यालय स्थापना भएका छैनन् ।

सरकारले ‘सिंहदरबारको अधिकार गाउँगाउँ’ भन्ने नारा घोकिरहे पनि वडा कार्यालयहरु स्थापना नहुँदा डडेल्धुराका अधिकांश नगरपालिका र गाउँपालिकाका बासिन्दा हैरान छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);