समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न सकिएन : मेयर शाक्य | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न सकिएन : मेयर शाक्य

काठमाडौं, २४ मंसिर । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शायले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गर्नुभएको छ ।

बुधबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताउनुभएको हो । ‘खानेपानी, ढल, सडक, विजुली, इन्टरनेटको तार लागयतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्व समेत उठाउने निकाय अलग अलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन् ’ मेयर शाक्यले भन्नुभयो ।

तोकिएको निकायले काम नगर्ने तर दोस महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताउनुभयो । महानगरले आफै काम गर्न नपाउने, काम गर्छु भन्दापनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यले बताउनुभयो ।

काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताउनुभयो ।

रानीपोखरीको बिचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);