न्युजिल्याण्डमा बढे कोभिड संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

न्युजिल्याण्डमा बढे कोभिड संक्रमित

एजेन्सी । न्युजिल्याण्डमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । गत वर्षको २० अप्रिलपछि बुधबार अहिलेसम्मकै बढी संक्रमित देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले कडा लकडाउन गरेको भोलिपल्ट न्युजिल्याण्डमा अहिलेसम्मकै ठूलो संख्यामा संक्रमित भेटिएका हुन् । अहिले त्यहाँ दैनिक ६० देखि ८० जनामा संक्रमण देखिएको छ ।

न्युजिल्याण्डमा हालै डेल्टा भेरियन्टसँगै संक्रमित बढेपछि सरकारले त्यसअघि लगाउँदै आएको लकडाउनको समयावधी बढाएको थियो । लकडाउनबाट कोभिडलाई पूर्ण रुपमा नियन्त्रण गर्न असम्भव भएको भन्दै स्वास्थ्य विज्ञले सरकारको कदमको आलोचना गर्दै आएका छन् ।

दुई साताअघि देशकै ठूलो सहर अकल्याण्डमा डेल्टा भेरियन्ट देखिएपछि न्युजिल्याण्डलाई कोरोनामुक्त गर्ने प्रधानमन्त्री आर्डेनको अभियानमा ठेस लागेको थियो ।

हालै मात्र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले लकडाउन गरेर मात्र कोरोना नियन्त्रण सम्भव नहुने बताएका थिए । ‘न्युजिल्याण्डले पनि लकडाउनबाट कोरोना नियन्त्रण गर्न सक्दैन, जसरी अस्ट्रेलियाले गर्न सकेको छैन ’– उनले भने । खोपको सर्वसुलभ र सामाजिक चेतनाले रोग नियन्त्रण गर्न सकिने उनको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);