निर्धारित समयसीमा अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउने अमेरिकाको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्धारित समयसीमा अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउने अमेरिकाको तयारी

एजेन्सी । अमेरिकाले पूर्व निर्धारित समयसीमा अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउने भएको छ ।

राष्ट्रपति जो बाइडेनले यसअघि सेप्टेम्बर ११ अघि सेना फिर्ता हुने जनाएपनि अगस्टमै अमेरिकी सेना स्वदेश फिर्ता भइसक्ने स्पष्ट पारेका हुन् । तालिवानीविरुद्धको कारवाही अन्त्य भएको घोषणा गरेपनि कुटनीतिक नियोग र विमानस्थलको सुरक्षाका लागि भने पाँच सयदेखि एक हजार जना सेनालाई निरन्तरतता दिने बताइएको छ ।

यसअघिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी सेना फिर्ता बोलाउने मिति तय गरेपनि बाइडेनले पूर्व निर्धारित मिति हेरफेर गरेका थिए । पछिल्लो समय भएको एक सर्वेक्षणमा अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता हुन व्यापक समर्थन आएको बताइएको छ ।

यता अमेरिकी सेनाको फिर्ता प्रक्रिया सुरु भएसँगै अफगानिस्तानमा तालिवानकिा गतिविधिहरु तीव्र भएसँगै सर्वसाधारण त्रसित भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा आफ्नो देशमा आतंकवादी हमला भएसँगै अमेरिकाले २० वर्ष अफगानिस्तानमा आफ्ना सेना खटाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);