काबुलमा आत्मघाती आक्रमणमा ८ जनाको मृत्यु, १७ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काबुलमा आत्मघाती आक्रमणमा ८ जनाको मृत्यु, १७ जना घाइते

एजेन्सी, ३२ असार । अफगानिस्तानको राजधानी काबुलमा सरकारी कार्यालय नजिकै भएको आत्मघाती आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ । घटनामा अन्य १७ जना घाईते भएका छन् । योसँगै सन् २०१८ को ६ महिनाभित्र आतंकवादी आक्रमणमा १६ सय ९२ नागरिकहरुले ज्यान गुमाएका संयुक्त राष्ट्र सहायता मिसनले जनाएको छ ।

अफगानिसतानमा आत्मघाती आक्रमण गर्नेहरु केहि समययता निकै सक्रिय भएको पाईएको छ । खासगरी विदेशी नागरिकहरु मोटर वा पैदल हिँडडुल गरिरहेको ठाउँ नजिकै आतंकवादीहरुले आत्मघाती विस्फोट गराउँदै आएका छन् ।

ग्रामीण पुर्नविकास एवं विकास मन्त्रालयको भवन नजिकै विदेशीहरु मोटर चढेर गन्तब्यतर्फ गईरहेको बेलामा गराईएको आत्मघाती आक्रमणमा केहि वटुवाको मृत्यु भएको छ भने १७ जना घाईते भएको काबुल प्रहरी प्रवक्ता हशमतले बताए ।

यसअघि जसन महिनामा ग्रामीण पुर्नवास र विकास मन्त्रालयकै बाहिर आत्मघाती विस्फोट गराएर आतंकवादीहरुले १३ जनाको ज्यान लिएका थिए । जसमा ३० भन्दा बढी ब्यक्ति घाईते भएका थिए ।

अफगानिस्तानमा सन् २०१८ को ६ महिनाभित्र आतंकवादी आक्रमणमा १ हजार ६ सय ९२ सर्वसाधारणको मृत्यु भएको छ भने ती सबै घटनामा ३ हजार ४ सय ३० नागरिकहरु घाईते भएको तथ्याङ्क अफगानिस्तानमा कार्यरत संयूक्त राष्ट्र सहायता मिशन युएनए एमएले सार्वजनिक गरेको छ । यो तथ्यांक सुरक्षाकर्मी बाहेकको हो ।

पछिल्लो १० वर्षको तुलनामा यो वर्ष ६ महिना भित्र सबै भन्दा बढी सर्वसाधारणको मृत्यू भएको छ । मृत्यु हुने मध्ये आधा जतिले आत्मघाती आक्रमणमा ज्यान गुमाएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);