काबुलमा आत्मघाती विष्फोटमा परी कम्तीमा ४१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काबुलमा आत्मघाती विष्फोटमा परी कम्तीमा ४१ जनाको मृत्यु

काबुल १३ पुस । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

राजधानी काबुलस्थित शिया सांस्कृतिक केन्द्रमा भएको आत्मघाती आक्रमणमा अन्य ८० जना घाइते भएको अफगानिस्ताको आन्तरिक मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीका अनुसार आत्मघाती विष्फोट अघि त्यस क्षेत्रमा दुई वटा विष्फोट भएका थिए ।

विस्फोटन भएको स्थानमा अफगानिस्तानमा सोभियत हस्तक्षेप भएको ३८ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रम भइरहेको थियो ।

सो केन्द्रमा सञ्चारमाध्यमका प्रतिनिधि र विद्यार्थीबीच छलफल भइरहेको अवस्थामा विष्फोट भएको जनाइएको छ । केही महिनायता अफगानिस्तामा इस्लामिक स्टेटले शिया मुस्लिमलाई लक्षित गरि आक्रमण गर्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);