भारतमा आएको चक्रवातपछि धेरैले ज्यान गुमाउन वाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा आएको चक्रवातपछि धेरैले ज्यान गुमाउन वाध्य

chakrawat2

काठमाडौ,१३ पुस। भारतमा एक महिनाअघि आएको चक्रवातपछि ६ सय ६१ जना माझी बेपत्ता, २ सय ५० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

एक महिना अगाडि आएको चक्रवातपछि भारतमा ६ सय ६१ जना माझी बेपत्ता छन् ।

श्रीलङ्कासँगको सिमानामा पर्ने क्षेत्रहरूबाट माझीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बताएका छन् । रक्षामन्त्री निर्मला सीता रमणले संसद्लाई अहिलेसम्म ६ सय ६१ जना माझी बेपत्ता भएको जानकारी दिनुभएको छ । ४ सय जना तमिलनाडु र २ सय ६१ जना केरलाबाट बेपत्ता भएका हुन् । रक्षामन्त्री रमणका अनुसार ८ सय ४५ जनाको भने उद्दार गरिएको छ ।

गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २ सय ५० जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिमा आएको चक्रवातका कारण दशौं हजार घर ध्वस्त भएका छन् । चक्रवातले रुख उखेल्नुका साथै विद्युत र टेलिफोनका संरचनामा क्षति पु¥याएको छ । भारतको पूर्वी तटिय क्षेत्रमा हरेक वर्षको अप्रिलदेखि डिसेम्बरसम्म चक्रवातका कारण धेरै जनाको मृत्यु हुने गरेको छ । सन् १९९९ मा आएको चक्रवातले आठ हजार जनाको ज्यान लिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);