अफ्गानिस्तनमा तालिवान विद्रोहीले सत्ता हातमा लिएपछि महिला खेलाडीहरुमाथि खतरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अफ्गानिस्तनमा तालिवान विद्रोहीले सत्ता हातमा लिएपछि महिला खेलाडीहरुमाथि खतरा

एजेन्सी । विश्व फुटबल महासंघ फिफाले अफ्गानिस्तानमा रहेका महिला खेलाडीहरुको जीवन रक्षा गर्न विश्व समुदायसँग अपिल गरेको छ । फिफाले विश्वका विभिन्न शक्तिशाली मुलुकहरुलाई पत्र लेख्दै अफगानिस्तानमा रहेका महिला फुटबल खेलाडीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

व्यवसायीक खेलाडीहरुको संस्था फिफ्प्रोले पनि सहयोगका लागि अनुरोध गरेको छ । अफ्गानिस्तनमा तालिवान विद्रोहीले सत्ता हातमा लिएपछि त्यहाँ रहेका महिला खेलाडीहरु माथि खतरा बढेको हो । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान खालिदापो पालले खेलाडीहरुको जिवन रक्षाको लागि सार्वजनिक अपिल गरेकी छिन् ।

पूर्व प्रशिक्षक एवं अमेरिकी नागरिक हाले कार्टरले केही खेलाडीहरु अफ्गानिस्तानबाट उद्धारको याचना गर्दै आफुसँग सम्पर्कमा रहेको बताएकी छिन् । तालिवानले महिलाहरुलाई कुनै प्रकारको शिक्षा र खेलकुदमा बन्देज लगाउने त्रासमा त्यहाँका अधिकांश महिला अहिले भयवित छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);