प्रदर्शनमा उत्रिएका महिला पक्राउ परेको विवरण झुटः तालिवान सरकारका प्रवक्ता मुजाहिद | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रदर्शनमा उत्रिएका महिला पक्राउ परेको विवरण झुटः तालिवान सरकारका प्रवक्ता मुजाहिद

एजेन्सी ।  अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् । तालिवानले सत्ता सम्हाले महिलाहरु पक्राउ परेको र ऋंखलाबद्ध ढंगले उनीहरुका अधिकार कटौती गरिएका विवरण सार्वजनिक भइरहेका बेला प्रवक्ता मुजाहिदको दाबी आएको हो ।

तर, कानुन उल्लंघन गर्ने र विरोधीलाई पकाउ गर्ने अधिकार सरकारी अधिकारीहरुलाई भएको उनले बताएका छन् । ‘कसैले पनि अराजकता निम्त्याउनुहुन्न, किनकी यसले शान्ति र सुव्यवस्थामा असर गर्छ,’ अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग उनले भने ।

उनले महिलाका अधिकार कटौती नभएको दाबी गरे पनि १५ अगस्टमा तालिवानले सत्ता सम्हालेपछि अफगानिस्तानमा महिलाहरुको अवस्था दयनीय भएको  बताइन्छ । महिलाहरुले पूर्वसरकारमा रहेका सुरक्षाकर्मीको रहस्यमय हत्या र आफ्ना अधिकार कटौतीको  विरोधमा राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।तालिवानले सञ्चारकर्मीलाई महिला आन्दोलनको समाचार तथा फोटो खिच्न रोक लगाउदै आएका छन् । 

अफगानिस्तानस्थित राष्ट्रसंघीय सहयोग मिसनले महिला कार्यकर्ताहरुको अवस्थाबारे सूचना दिन तालिवानसँग आह्वान गर्दै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);