दक्षिण कोरियामा एकै दिन १४ हजार कोभिड संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दक्षिण कोरियामा एकै दिन १४ हजार कोभिड संक्रमित

एजेन्सी । दक्षिण कोरियामा दैनिक कोभिड संक्रमितको संख्या पहिलो पटक १४ हजार नाघेको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको छ । बुधबार एकै दिन १४ हजार ५१४ नयाँ संक्रमित भेटिएका हुन् । उच्च संक्रमित तर न्यून घातक मानिएको ओमिक्रोन पछिल्ला दिनमा दक्षिण कोरियामा तीव्र फैलिएको छ । 

आगामी दिनमा दैनिक संक्रमितको संख्या अझै दोब्बर हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । विज्ञहरुले दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या २० हजार नाघ्ने अनुमान गरेका छन् ।

गम्भीर बिरामी र मृत्यु घटाउनु सरकारको मुख्य प्राथमिकता भएको प्रधानमन्त्री किम बु केउमले बताएका छन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);