अमेरिकासमेत संसारका सबै देशले तालिबानलाई मद्दत गर्नुपर्ने चीनको धारणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकासमेत संसारका सबै देशले तालिबानलाई मद्दत गर्नुपर्ने चीनको धारणा

एजेन्सी । चीनले अमेरिकासमेत संसारका सबै देशले तालिबानलाई मद्दत गर्नुपर्ने धारणा व्यक्त गरेको छ । चिनियाँ विदेशमन्त्री वांग यीले अमेरिकी समकक्षी एन्टनी ब्लिंकनसँग अफगानिस्तानको परिवर्तित स्थितिलाई मध्यनजर गर्दै संसारका सबै देशले तालिबानसँग सम्पर्क स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेको हुन ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार उक्त कुराकानीमा वांगले वार्ताका साथै तालिबानलाई सक्रिय रुपमा मार्गदर्शन गराउन पनि आवश्यक भएको बताएका छन । अमेरिकी विदेशमन्त्री ब्लिंकसंगको कुराकानीमा चिनीयाँ विदेशमन्त्री वांगले तालिबान नेतृत्वको अफगान सरकारको विषय पनि करा उठाएको बताइएको छ ।

अमेरिकाले अन्तरराष्ट्रिय समुदायसँग मिलेर काम गर्दै अफगानिस्तानलाई अत्यावश्यक आर्थिक, मानवीय र जीवनयापनसँग जोडिएका सहयोग गर्नुपर्नेमा चीनको जोड छ । अफगानीस्तानमा छिटोभन्दा छिटो शान्तिपूर्ण पुनर्निर्माणको यात्रा सुरु गर्न मद्दत गर्न सकियोस् भनेर अन्तराष्ट्रिय समुदाय एकजुट हुनुपर्ने चीनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);