इराकमा जारी विरोध प्रदर्शन हिंसात्मक बन्दै, मृतकको संख्या ४० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इराकमा जारी विरोध प्रदर्शन हिंसात्मक बन्दै, मृतकको संख्या ४० पुग्यो

iraq protest

एजेन्सी, ९ कात्तिक । इराकमा रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै जारी विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । इराकको राजधानी बग्दादमा गएराती भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुई जनाको मृत्यु भएको छ ।

इराकमा केही दिनयता रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै भएको विरोध प्रदर्शनमा अहिलेसम्म चालिस जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अघिल्लो महिना पनि यस्तै खालको प्रदर्शनका क्रममा १ सय ५० जनाको मृत्यु भएको थियो ।

इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले जनताले शान्तिपूर्वक विरोध प्रदर्शन गर्न पाउने भन्दै हिंसा स्वीकार्य नभएको स्पष्ट पारेका छन् । महदी प्रधानमन्त्रीमा चयन भएको एकबर्ष पुगिसकेको छ । उनले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा सुधारका कार्यक्रम ल्याउने बताए पनि विरोध प्रदर्शन रोकिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);