सेवा र रोजगारीको माग गर्दै इराकमा सरकारप्रति विरोध प्रदर्शन, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

सेवा र रोजगारीको माग गर्दै इराकमा सरकारप्रति विरोध प्रदर्शन, एक जनाको मृत्यु

eraq birodha

एजेन्सी, १६ असोज । आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको प्रदर्शनको क्रममा एक जनाको मृत्यु हुनुको साथै २ सय जना घाइते भएका छन् । इराक सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा जनाइएको छ ।

सर्वसाधारणका मागहरुको सही र वस्तुपरक रुपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ । जारी हिंसामा एक प्रदर्शनकारी मारिनुका साथै २ सय अन्य घाइते भएका विज्ञप्तिमा

उल्लेख छ । घाइते हरुमध्ये ४० जना सुरक्षाकर्मी पनि छन् । घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेहरुको अझै अस्पतालमा उपचार जारी रहेको जनाइएको छ ।