उत्तर कोरियाले गर्यो दुईवटा क्षेप्यास्त्र प्रक्षेपण, जापान र दक्षिण कोरियाद्धारा पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

उत्तर कोरियाले गर्यो दुईवटा क्षेप्यास्त्र प्रक्षेपण, जापान र दक्षिण कोरियाद्धारा पुष्टि

north korea short range missiles

एजेन्सी, १५ असोज । उत्तर कोरियाले बुधबार फेरि क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । अमेरिकासँग वार्ता गर्ने तयारी भइरहेको बताए लगत्तै उत्तर कोरियाले जापानको दक्षिणपूर्वी कङगवान प्रान्तको बोनसनबाट पूर्वी समूद्रतर्फ क्षेप्यास्त्र प्रक्षेपण गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

दक्षिण कोरिया र जापानले पनि उत्तरकोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेकोे पुष्टि गरेका छन् । जापानले आफ्ना जहाजहरुलाई त्यसतर्फ नजान आग्रह गरेको छ । जापानका सरकारी अधिकारीहरुले आफ्नो विशेष आर्थिक क्षेत्रमा केही मिनेटको अन्तरमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन महिनामा भएको भेटवार्तापछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको यो नवौं पटक हो । यसअघि उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकासँगको वार्ताका लागि अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्ने सहमति भएको जनाएको थियो ।

प्रथम उप–विदेशमन्त्री चो सोन हुईले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै उत्तर कोरीयाली संचार माध्यमले कार्यदलस्तरीय वार्तामा बस्न तयार रहेको जनाएका थिए । वासिङ्टन र प्योङयाङबीच कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरणका लागि गत बर्षदेखि वार्ता सुरु भएको थियो । यसै बर्षको फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको वार्ता टुंगोमा नपुगेपछि वार्ता प्रक्रिया अवरूद्ध हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);