अमेरिकासँगको अवरुद्ध वार्ता प्रक्रिया अघि बढाउन उत्तर कोरिया सहमत | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८१, शनिबार

अमेरिकासँगको अवरुद्ध वार्ता प्रक्रिया अघि बढाउन उत्तर कोरिया सहमत

donald-trump-kim-jong-un

एजेन्सी, १५ असोज । अमेरिकासँगको अवरुद्ध वार्ता प्रक्रिया अघि बढाउन उत्तर कोरियाले पहल थालेको छ । अमेरिकासँगको वार्ताका लागि अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्ने सहमति भएको उत्तर कोरियाली विदेश मन्त्रालयले जनाएको हो ।

प्रथम उप–विदेशमन्त्री चो सोन हुईले मंगलबार जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले उत्तर कोरियाली प्रतिनिधिमण्डल कार्यदलस्तरीय वार्तामा बस्न तयार बनेको जनाएको छ । वासिङ्टन–प्योङयाङबीच कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरणका लागि गत बर्षदेखि शुरू भई यसै बर्षको फे्रबुअरीमा भियतनामको राजधानी हनोइमा भएको वार्ताबाट सम्झौताका लागि कुनै प्रगति नभएपछि वार्ता प्रक्रिया अवरूद्ध हुँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);