दक्षिण कोरियासँग वार्ता गर्न उत्तर कोरिया तयार | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

दक्षिण कोरियासँग वार्ता गर्न उत्तर कोरिया तयार

एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको जनाएको छ । कोरियाली प्रायद्धीपमा जारी द्वन्द्व अन्त्य गर्न दक्षिण कोरियाले यसै साता गरेको आह्वानको  जबाफमा किमकी बहिनी किम यो जोङले दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको बताएकी हुन् । 

कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्ने विषयमा दुई देशले सन् १९५३ मा सहमति जनाए पनि प्राविधिक रुपमा दुबै देश द्वन्द्वकै अवस्थामा छन् । यसै साता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरियाली प्रायद्धीपमा जारी युद्ध अन्त्यका लागि उत्तर कोरिया, अमेरिका र चीनलाई आह्वान गरेका थिए । 

सुरुमा उत्तर कोरियाका वरिष्ठ मन्त्रीले सो आह्वान अस्वीकार गरेका थिए । तर, शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्योङयाङ वार्ताका लागि आफू तयार रहेको जनाएको हो । आफूहरुबिरुद्ध शत्रुतापूर्ण व्यवहार रोके उत्तर वार्ताका लागि तयार रहेको उत्तरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);