अस्त्रहरूको विकास गर्न आफ्नो मुलुक बाध्य : किम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अस्त्रहरूको विकास गर्न आफ्नो मुलुक बाध्य : किम

kim

एजेन्सी, १० साउन । उत्तर कोरियाले दुईवटा नयाँ क्षेप्यास्त्र प्रक्षेपण ‘युद्ध चाहने दक्षिण कोरियालीहरू’ का लागि ‘एउटा औपचारिक चेतावनी’ भएको जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोन उनले ‘सम्भावित तथा प्रत्यक्ष खतराहरूको सामना गर्नका लागि’ अस्त्रहरूको विकास गर्न आफ्नो मुलुक बाध्य भएको बताएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

बिहीवार उत्तर कोरियाले दुईवटा छोटो दुरीका नयाँ क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । किमले शुक्रवार प्रक्षेपणवारे प्रतिक्रिया दिदै नयाँ अस्त्र प्रणालीबाट ‘सन्तुष्ट’ भएको र त्यसको ‘प्रतिरक्षा गर्न सहज नहुने’ दाबी गरेका छन्।

उता दक्षिण कोरियाले तनाव मत्थर पार्ने काममा असहयोगी हुने गतिविधि बन्द गर्न उत्तरकोरियालाई आग्रह गरेको छ। उसले क्षेप्यास्त्र परीक्षणहरू एउटा सैन्य खतरा भएको पनि बताएको छ।

अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियालाई उक्साहटपूर्ण कार्यबाट टाढा रहन आग्रह गरेको छ। दक्षिण कोरिया र अमेरिकाबीचको निर्धारित वार्षिक संयुक्त सैन्य अभ्यासलाई लिएर उत्तर कोरिया क्रुद्ध भएपछि ती परीक्षणहरू गरिएका जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);