सिरियामा भएका हवाई आक्रमणमा १०० जना भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

सिरियामा भएका हवाई आक्रमणमा १०० जना भन्दा बढीको मृत्यु

syria air raid

एजेन्सी, ११ साउन । सिरियामा पछिल्लो १० दिनमा विभिन्न सार्वजनिक स्थान लक्षित गरी भएका हवाई आक्रमणमा १०० जना भन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय अधिकारीले बताएका छन् ।

पछिल्लो १० दिनमा अस्पताल, विद्यालय, बजार तथा बेकरीमा लक्षित गरी भएका आक्रमणमा २६ बालबालिकासहित कम्तिमा १०३ जनाको ज्यान गएको हो ।यस्ता आक्रमण सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा भएका हुन् ।

बिद्रोहीको नियन्त्रण रहेको क्षेत्रमा सरकारी सुरक्षाकर्मी र उसका सहयोगीहरुले हवाई आक्रमण गरेको आरोप संयुक्त राष्ट्रसंघको मानव अधिकार प्रमुख मिशेल बाचलेटको छ ।

इड्लीब क्षेत्रमा भएको हवाई आक्रमणमा आफूहरुले सर्वसाधारणलाई निशाना नबनाएको सिरिया र उसको सहयोगी रुसले दाबी गर्दै आएको छ ।

रुसले गएको हप्ता बजार तथा आवासीय क्षेत्रमा हवाई आक्रमण गरेको आरोप अस्वीकार गरेको थियो । सो आक्रमणमा कम्तिमा ३१ जनाको ज्यान गएको थियो ।