लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ११५ जना वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ११५ जना वेपत्ता

libya dunga durghatana

एजेन्सी, १० साउन । लिबियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्दा १ सय १५ जना वेपत्ता भएका छन् । तटीय क्षेत्रमा डुबेका मध्ये १ सय ३४ जनाको उद्धार गरिएको उद्धारमा संलग्न नौसैंनिक अधिकारीको भनाई छ ।

अफ्रिकी तथा अरबी मुलुकहरुका २ सय ५० जना सवार सो डुंगा तटीय क्षेत्रबाट ८ किलोमिटर पर डुबेको ती अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । राष्ट्रसंघीय शरणार्थी नियोग यूएनएचसीआरले जनाए अनुसार उक्त घटना भू–मध्यसागरमा यो बर्ष भएको ठूलो पानीजहाज दुर्घटना हो ।

हिंसा, राजनीतिक अस्थिरता र दैनिक जीवन यापनका लागि समस्या भएपछि विभिन्न अफ्रिकी तथा अरबी मुलुकका आप्रवासीहरु भूमध्य सागर हुँदै अवैध रुपमा यूरोप प्रवेश गर्ने गरेका छन् । जसका लागि लिबिया मुख्य मार्ग बन्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);