पाँच कैदी १६ वर्षपछि मृत्युदण्ड पाएकालाई सजाय कार्यान्वनय फेरि सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पाँच कैदी १६ वर्षपछि मृत्युदण्ड पाएकालाई सजाय कार्यान्वनय फेरि सुरु

american adalat

एजेन्सी, १० साउन । अमेरिकाले १६ वर्षपछि मृत्युदण्डको सजाय पाएकाहरूको सजाय कार्यान्वनय फेरि सुरु गर्ने भएको छ ।

त्यहाँको न्याय मन्त्रालयले यस्तो घोषणा गरेको हो । महान्यायाधिवक्ता विलियम बारले त्यहाँको ब्यूरो अफ प्रिजन्स (बीओपी)लाई पाँचजना कैदीहरूको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन् । उनका अनुसार ती पाँचजना बालबालिका वा ज्येष्ठ नागरिकको हत्या वा बलात्कारको मुद्दामा दोषी पाइएको छ । उनीहरूले पाएको मृत्युदण्ड आगामी डिसेम्बर र सन् २०२० को जनवरीमा कार्यान्वयन गर्ने मिति तय गरिएको छ । यो घोषणाले राज्यद्वारा निर्देशित मृत्युदण्डहरूको विरोधका रूपमा संघीय सरकारले जारी राखेको एउटा अघोषित स्थगनलाई हटाइदिएको छ । संघीय सरकारले सन् २००३ मा खाडी युद्धका बेला एक १९ वर्षीय सैनिक ट्रेसी जोय म्याकब्राइडको हत्या आरोपमा ५३ वर्षीय लुइस जोन्स जुनियरलाई मृत्युदण्ड दिए पश्चात् यस्तो अघोषित स्थगन गरेको थियो । सन् १९७२ मा सर्वोच्च अदालतको एउटा आदेशले राज्य र संघ तहका सबै मृत्युदण्डलाई खारेज गरिदिएको थियो ।

त्यसबेला सर्वोच्चले मृत्युदण्डसम्बन्धी कानुनहरूलाई पनि खारेज गरेको थियो । मृत्युदण्ड सूचना केन्द्रले सङ्कलन गरेको तथ्याङ्क अनुसार सन् १९८८ देखि २०१८ सम्म संघीय स्तरका मुद्दाहरूमध्ये ७८ जनालाई मृत्युदण्डको फैसला भएको भए पनि हालसम्म ३ जनालाई मात्र दिइएको देखिन्छ । महान्यायाधिवक्ताले पहिले मृत्युदण्ड दिने क्रममा तीनवटा विषालु औषधीको प्रयोग गरिने गरिएकोमा अब भने एउटै औषधी प्रयोग गर्न निर्देशन दिएका छन् । मृत्युदण्ड दिँदा प्रयोग गरिने औषधीले मानव शरीरलाई सुस्त बनाउछ र मृत्युसम्म र्पुयाउँछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);