भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा १८ जनालाई मृत्युदण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा १८ जनालाई मृत्युदण्ड

death body

काठमाडौं, २७ कात्तिक । भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको सजाय दिइएको सरकारी मिडियाले बताएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानूनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ ।

सरकारी मिडियाअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो । अन्ठाउन्न वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय दिइएको छ ।

हो चि मिन्ह सिटी पिपुल्स कोर्टअन्तर्गतको पारिवारिक तथा किशोर अदालतमा सुनुवाइपछि उक्त मामिलाका अन्य १४ जनालाई पनि मृत्युदण्डको सजाय दिइएको थियो । उक्त समूहले सन् २०२० को मे र जुनको बीचमा ‘अवैधरूपमा दुइ सय १६ किलोग्रामभन्दा बढी लागु पदार्थको भण्डार, तस्करी र कारोबार’ गरेको सरकारी समाचार साइटले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);